पद्मकन्यामा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै आन्दोलन

news

काठमाडौं, चैत १ । पद्मकन्या बहुमुखी क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राख्दै महिला प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले वरिष्ठताको आधारमा नभइ आफनोअनुकूलको व्यक्तिलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

क्याम्पसकी उपप्राध्यापक विमला नेपालले महिलामात्र पढ्ने क्याम्पसमा महिलालाई नै क्याम्पस प्रमुखको जिम्मेवारी दिनुपर्ने आफूहरुको माग रहेको बताइन् ।

चार महिनाअघि क्याम्पस प्रमुख रानु जोशीको कार्यकाल सकिएपछि धनप्रसाद पण्डितलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको थियो । पण्डितको पनि एक महिनाअघि कार्यकाल सकिएको छ ।

उपकुलपति डा. खनियाँले वरिष्ठताको आधार नहेरी पुनः पण्डितलाई नै क्याम्पस प्रमुखको जिम्मेवारी दिन थालेपछि आफूहरु विरोधमा उत्रिएको उनीहरुले बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...