न्यायाधीशहरुकोे राष्ट्रिय सम्मलेन हुने

news

काठमाडौं, चैत १ । यही चैत २० गतेबाट न्यायाधीशहरुकोे राष्ट्रिय सम्मलेन हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मलेन गरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले तीन दिनसम्म चल्ने सम्मलेनमा संविधानको कार्यान्वयनमा न्यायपालिकाको भूमिका, संहिताहरुको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरिने बताए ।

सम्मेलनमा न्यायपालिकाको आगामी चौथो पञ्चवर्षीय रणनीतिक योजनामा पनि छलफल गरी ठोस निष्कर्ष निकाले मुख्य रजिस्ट्रार निरौलाले जानकारी दिए ।

उनले सर्वोच्च अदालतले सार्वजनिक चासो र सरोकारका विषयलाई प्राथमिकता दिइ सुनुवाइ गर्नेसँगै पुराना मुद्दाहरु फर्छ्यौटका लागि पेसी व्यवस्थापनको प्रयास भइरहेको बताए ।

निरौलाले अदालतमा पाँच वर्ष नाघेका मुद्दाहरुलाई एक वर्षभित्र शून्यमा झार्ने योजनाअनुसार मुद्दा फर्छ्यौटको काम भइरहेको पनि जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया