कोरियन कम्पनीले नेपालमै गाडी बनाउने

news

काठमाडौं । अब कोरियन कम्पनीले नेपालमै चारपांग्रे सवारीसाधन बनाउने भएको छ ।

सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेपछि कोरियन कम्पनीलाई अब नेपालमै चारपांग्रे सवारी साधन बनाउने बाटो खुलेको हो ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोटरेक्स कम्पनी लिमिटेडले नेपालमा ल्याउन लागेको १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको हो ।

कोरियन कम्पनीले १० अर्ब ५४ करोड लगानी गरेर ‘भेइकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव लगानी बोर्डसमक्ष पेस गरेको थियो ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले कोरियन कम्पनी मोटरेक्स कम्पनी लिमिटेडको लगानी प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । -राजधानी दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...