अध्यक्ष दाहालवरिपरि ५९ सुरक्षाकर्मी, ‘विप्लब’ समूहबाट सुरक्षा थ्रेट

news

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ ।

आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले विहीबार एक कार्यक्रममा ब्यक्त गरेको थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटक पटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेको छ ।

सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लब समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ ।

स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ ।

‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन । दाहाललाएै थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाइएको हो,’स्रोतले भन्यो । -नागरिक दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया