एक बृद्धाश्रमको एक अर्ब बढीको सम्पत्ति, २६ वटा भवन मात्र

news

-कविराज घिमिरे/ईमेज

धनकुटा । धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा एक अर्बभन्दा बढीको चलअचल सम्पत्ति जम्मा भएको छ ।

दाताकै सहयोगमा वृद्धाश्रममा ठूलो सम्पत्ति जम्मा भएको हो । हाल विश्रान्तीमा २६ वटा भवन छन् । सोवाहेक पितृ स्तम्भ निर्माणको काम भइरहेको छ ।

आश्रित ज्यष्ेष्ठ नागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि अत्यावश्यक हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा वृद्धमैत्री पटाङ्गिनीलगायतका संरचना रहेका छन् ।

सबै पूर्वाधार दाताहरुकै सहयोगमा निर्माण भएका हुन् । वृद्धाश्रममा पूर्वाधार व्यवस्थापनका लागि दाताहरुले एक रुपैयाँदेखि ७७ लाख रुपैयाँसम्म दान गरेका छन् ।

त्यस्तै एकबाट एक करोड अभियान अहिले १ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

सबै चल अचल सम्पत्ती गरेर एक अर्ब नाघेको वृद्धाश्रम सञ्चालन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।

यो आश्रम दुई पटक नमुना आश्रमको रुपमा सम्मानितसमेत भइसकेको छ । २०४० सालमा स्थापना भएको यो आश्रममा हाल ४४ वृद्धवृद्धा रहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...