सभ्य र मर्यादित बन्दै होली

news

प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज)

काठमाडौं, चैत ६ । पछिल्लो समय होली मनाउने शैलीमा परिवर्तन आउन थालेको छ ।

होलीको नाममा हुँदै आएका विकृतिहरुमा विस्तारै कमी आएको महसुस गरिएको छ ।

उपत्यकामा होली भन्नेबित्तिकै त्यससँग जोडिएर आउने विकृतिको पनि सम्झना हुने गर्दछ ।

होलीको केही दिनअघिदेखि नै बाटोमा हिँड्नेलाई पानी लोला हान्ने चलनले सर्वसाधारणको दैनिकी कठिन हुने गर्दथ्यो । साथै, होली नखेल्नेहरुलाई पनि जबर्जस्ती रङ लगाउने अभद्र व्यवहारले होली पर्वको वास्तविक महत्व ओझेलमा पर्ने गर्दथ्यो ।

तर, केही वर्षयता उपत्यकामा होली मनाउने शैलीमा परिवर्तन आउन थालेको छ ।

केही वर्षयता यो पर्व सामूहिकरुपमा सभ्य तरिकाले मनाउन थालिएको छ । इच्छाविपरीत रङ लगाउने तथा अभद्र व्यवहार गर्नेको संख्यामा कमी आएको छ ।

राजधानीका सडकमा काम विशेषले हिँडेकाहरुले निर्वाधरुपमा आवत–जावत गर्नसक्ने वातावरण रह्यो ।

विगतको तुलनामा केही वर्षयता होली सभ्य र मर्यादित बन्दै गएको सर्वसाधारणको पनि बुझाइ छ ।

प्रहरीको सक्रियताले होलीमा हुने दुर्घटना र उच्छृंखल गतिविधिमा पनि कमी आएको छ । युवापुस्ताको व्यवहारमा परिवर्तन आउनुले पनि होली सभ्य हुँदै गएको बुझ्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...