संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमतसंग्रह गर्न सकिन्छ : शशांक

news

काठमाडौं, चैत ६ । धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने विचार राख्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमतसंग्रह गर्न सकिने बताएका छन् ।

बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदान–प्रदान कार्यक्रममा सन्चारकर्मीहरुसित कुरा गर्दै कोइरालाले धर्मबारे जनमतसंग्रह गर्ने विकल्प रहेको भन्दै जनमतसंग्रह गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए ।

‘संघीयता र गणतन्त्रबारे पनि जनमतसंग्रहको माग आयो भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा महामन्त्री कोइरालाको भनाइ थियो–‘कांग्रेस त्यसका लागि पनि तयार छ ।’

धर्मनिरपेक्षताको विषयमा सुरुदेखि नै असन्तुष्ट रहँदै आएका उनले संघीयता र गणतन्त्रको विषयमा पनि जनमत बुझ्नुपर्ने धारणा भने पहिलोपटक सार्वजनिक गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...