निर्मला हत्या प्रकरण: डिल्लीराज विष्टको बयान सकियो

news

कन्चनपुर, चैत ६ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको प्रमाण नस्ट गरेको र अभियुक्तलाई यातना दिएको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान बुधबार सकिएको छ ।

कन्चनपुर जिल्ला अदालतमा मंगलबार र बुधबार बयान लिइएको हो ।

बयान लिने कार्य सकिएपछि बुधबार थुनछेक बहस सुरु भएको र थुनछेक बहस शुक्रबार पनि हुने जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासमा भइरहेको बहसमा जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहन्यायाधिवक्ता मोहन जोशी तथा विष्टको तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...