मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले बराबरी खेले

news

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले १–१ गोलको बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा सर्वियाका लुका योभिचले पहिलो गोल गरे । तर जर्मनीका गोरेज्काले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

खेलको ईन्जुरी समयमा जर्मनीका लेरोए सानेलाई फाउल गरेपछि सर्वियाका मिलान पाभ्कोभले रातो कार्ड खाएका थिए ।

गएराति भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ ।

कठिन खेलमा वेल्सलाई विजयी गराउन बेन उडबर्नले ईन्जुरी समयमा निर्णायक गोल गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...