पूर्वतयारीबिना लगानी सम्मेलन : डा. महत

news

काठमाडौं, चैत ७ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले पूर्वतयारीबिना लगानी सम्मेलन आयोजना गर्न लागेको बताएका छन् ।

अघिल्लो सम्मेलनमा १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएपनि लगानी नआएकोतर्फ सरकारले विचारै नगरेको उनको भनाइ छ ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा डा. महतले विदेशी लगानी आवश्यक रहेको भएपनि सरकारले लगानी सम्मेलनका लागि तयारी नै राम्रो नगरेको जिकिर गरे ।

विदेशी लगानीपूर्व स्वदेशी लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले पूर्वाधार विकास, सुधार र गुणस्तरमा ध्यान दिनुपर्ने, प्रशासन संयन्त्र सुधार्नुपर्ने र कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

विदेशी लगानी उत्पादनशील क्षेत्रमा पनि आवश्यक रहेको उनले बताए ।

सरकारले यही चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...