निर्मला बलात्कार–हत्या प्रकरणः डिल्लीराज विष्टको बहस सकियो

news

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, चैत ८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा यातना दिएको र प्रमाण नस्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ ।

गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्टको शुक्रबार थुनछेक बहस सकिएको हो ।

बहस सकिएपनि समयाभावले आदेश भने आउन सकेन ।

बहस सकिएसँगै आदेशका लागि समय अपुग भएकाले आइतबार बिहान १० बजे बोलाइएको जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

उनले अदालतको आदेश नआएकाले विष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको बताए ।

फरार रहेका ‘सीआइबी’का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकीन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरीजवान चादनी साउद यसअघि जिल्ला अदालत कन्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...