२२औं ‘फ्लोरा एक्स्पो’ सुरु

news

काठमाडौं, चैत ८ । पुष्प व्यवसायको प्रवद्र्धनका लागि गरिँदै आएको प्रदर्शनीको २२औं संस्करण ‘फ्लोरा एक्स्पो’ राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा सुरु भएको छ ।

मेलाको शुक्रबार कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरिन् ।

कृषि क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प व्यवसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताइन् ।

मेलामा मौसमी फूल, आलंकारिक बोट–बिरुवा, कट फ्लावरदेखि वीउ–बिजन, ग्रीनहाउस, कृषिऔजार, उपकरण प्याकेजिङ सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादीलगायतका गरी ८४ बिक्रीकक्ष राखिएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित सुरु भएको सो मेलाको ५० हजार बढीले अवलोकन गर्ने तथा ६० लाख रुपैयाँको बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधिको प्रचार–प्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गर्दै आएको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...