एसईई परीक्षा दिंदै नेतृ शान्ता चौधरी र नायिका करिश्मा मानन्धर

news

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

दाङको घोराहीमा रहेकी नेकपाकी नेतृ शान्ता चौधरीलाई एसईई परीक्षा दिइरहेकी छन् ।

३८ बर्षीया चौधरीलाई सफलताका लागि शुभेच्छुकहरुले शुभकामना ब्यक्त गरिरहेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसमामा उनको परीक्षा केन्द्र परेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाडागाउँ आफ्नै घरमा बसेर ट्यूसन कक्षा समेत लिएकी उनी परीक्षामा सफल हुने विश्वासमा छिन् ।

उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन् ।

स्कुल भर्ना भएदेखि नै चर्चाकी पात्र बनेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर पनि एसईई परीक्षामा सामेल भएकी छन् ।

उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।

एकमहिना देखि सबै काम छाडेर परीक्षाको तयारी गरिरहेकी ४५ वर्षीया करिश्मा आइतबार स्कुल ड्रेसमै परीक्षा दिन गएकी हुन ।

उनलाई सयौं शुभेच्छुकहरुले सामाजिक संजाल र फोनमार्फत परीक्षाको सफलताको शुभकामना ब्यक्त गरिरहेका छन् । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...