उदयपुरमा निर्माणाधीन पक्की पुल निर्माणकै क्रममा चर्कियो

news

उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरमा निर्माणाधीन पक्की पुल निर्माणकै करणमा चर्किएको छ ।

लोकमार्गको मिर्चैया–कटारी खण्डको हडिया खोलामा निर्माण सुरु गरिएको पुल चर्किएको हो ।

राजेन्द्र जगदम्बा जेभीले दुई वर्षअघि कटारी नगरपालिका–२, हडिया खोलामा पुल निर्माणको जिम्मा लिएको थियो ।

८ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको १ सय २० मिटर लामो पुल टिगाडर डिजाइनको हो ।

कंक्रिट पम्पबाट ढलान गरिने पुल घर निर्माणमा प्रयोग गरिने लिफ्टवाला मिक्चर मेसिनबाट ढलान गर्दा बालुवा, ग्राभेल र सिमेन्टको मात्रा नमिलेर चर्किएको हुनसक्ने विज्ञहरु बताउँछन् ।

तर निर्माण रेखदेखको जिम्मा पाएको सडक डिभिजन कार्यालय, लहानका साईड इन्जिनियर बेचनकुमार भण्डारीले चर्किने समस्या सामान्य भएको र यसलाई फुटाएर पुनः ढलान गर्न सकिने बताए ।

पुलको ढलान गर्दा कंक्रिट पम्पको प्रयोग गर्नुपर्नेमा लिफ्ट मिक्चरबाट ढलान गरेर निर्माण कम्पनी र सडक कार्यालयको लापरवाहीले पुल निर्माण कै क्रममा चर्किएको स्थानीयले आरोप लगाएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...