मालीमा बन्दुकधारीको आक्रमणबाट एक सयभन्दा बढीको मृत्यु

news

काठमाडौं । अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको छ ।

मालीको मध्य क्षेत्रको ग्रामीण इलाकामा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बन्दुकधारीले गाउँलाई घेराबन्दी गरेर मालीको मोप्ती क्षेत्रमा रहेको ओगोस्सागोउ गाउँका बासिन्दाको हत्या गरेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा फुलानी जनजाति समुदायका मानिसको ज्यान गएको हो । मालीमा जनजाति तथा विद्रोही गतिविधि बढ्दै गएका छन् ।

यो समस्या समाधानको उपाय खोज्न संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु मालीमा पुगेका छन् ।

बन्दुकधारीले गोली तथा सानो आकारको तरबारले आक्रमण गरी गाउँलेको हत्या गरेको बताइएको छ ।

जमिन र पानीका स्रोतमा स्वामित्वको विषयलाई लिएर फुलानी सुमदाय र डोगोन शिकारी समुदायबीच विवाद रहँदै आएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...