विप्लव नेतृत्वको नेकपासँग वार्ताको कुनै संभावना छैनः रक्षामन्त्री पोख्रेल

news

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ताको कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

विराटनगर विमास्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोख्रेलले हतियार बोक्ने, बम पड्काउने कार्य जारी राखेको विप्लवसंग अहिले नै वार्ताको सम्भावना नरहेको बताए । 

तर, विप्लवले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको रक्षामन्त्री पोख्रेलको भनाइ छ ।

मन्त्री पोख्रेलले विप्लव समूहले अराजनीतिक क्रियाकलापलाई नछोडेकाले सरकारले प्रतिबन्ध लगाएको जिकिर गरे ।

उनले सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको प्रष्ट पारे । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...