आन्दोलन रोकिँदैन : गेसो

news

काठमाडौं, चैत ११ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायतले भूतपूर्व गोरखा सैनिकमाथि गरेको विभेद र असमानता पूर्णरुपमा अन्त्य नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी भूतपूर्व गोरखा सैनिकहरुले बेलायतले युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यकर्तालाई समान पेन्सन, आवासीय भिसालगायतका सुविधा उलपब्ध गराएपनि सेवानिवृत्त भूपू गोरखाहरुको मागको सम्बोधन नगरी विभेद कायम राखेको बताएका हुन् ।

ब्रिटिस राज्यमन्त्री मार्क लाङ्कास्टरको नेपाल भ्रमणकाक्रममा नेपाल सरकारसँग गरेको प्रतिबद्धताविपरीत बेलायत सरकारले एकतर्फीरुपमा केही प्रतिशत पेन्सन र सेवा–सुविधा वृद्धिको घोषणा गरेको भन्दै गेसोले आफूहरुलाई अल्मल्याउने प्रयास नगर्न भनेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...