भ्रष्टाचार आरोपमा मुद्दा दायर

news

काठमाडौं, चैत ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार निजी जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।

आयोगले डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढालाई जनही रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उनीहरुले सामुदायिक तथा राष्ट्रिय वनबाट संकलन भएको एक लाख ८५ हजार ९९६ किलोग्राम जटामसी जिल्लाबाहिर लैजान छोडपुर्जी दिइ आफैं मुचुल्का, प्रतिवेदन तयार गरेको र सरकारी राजश्वमा जम्मा नपारेको पाइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...