मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

news

कैलाली, चैत ११ । कैलालीको गोदावरी नगरपालिका–९, बल्मीमा सोमबार साँझ मिनिट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय वीरबहादुर रावल र सोही स्थान घर भइ हाल कन्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्दै आएका ५० वर्षीय तेजबहादुर रावल रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे१ख १४१४ नम्बरको मिनिट्रक आपसमा ठोक्किँदा उनीहरु गम्भीर घाइते भएका थिए ।

उपचारकाक्रममा सेती अञ्चल अस्पताल धनगढीमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मिनिट्रक र त्यसका चालक बाँकेको बैजनाथ गाँउपालिका–१ का २९ वर्षीय मानबहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...