अलपत्र राष्ट्रिय गौरवका आयोजनाको काम तत्काल थाल्न निर्देशन

news

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास समितिले कतिपय राष्ट्रिय गौरवका आयोजनाहरुको काम अलपत्र परेकाले तत्काल काम थाल्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज सिंहदरवारमा बसेको बैठकले अर्थ र भौतिक योजना मन्त्रालयलाई समन्वय गरी रोकिएका आयोजनाहरु अगाडि बढाउन निर्देशन दिएको हो ।

समितिका सदस्यहरुले सरोकारवाला मन्त्रालयवीच समन्वयको् अभाव, विजुलीका पोल,जग्गाको मुआब्जा,रकम भुक्तानीलगायतका समस्याका कारण समयमै काम सम्पन्न हुन कठिनाई भइरहेको भन्दै ध्यानाकर्षण गरेका थिए ।

रणनीतिक महत्वका सडक र पुलहरुको निर्माण पनि समयमै रकम भुक्तानी नभएकै कारण अलपत्र परेको सांसदहरुले बताएका छन् ।

सरकारको विकासशैलीप्रति जनता सन्तुष्ट नभएकोले संघ, प्रदेश र स्थानीय तीनै तहलाई परिचालन गर्दै अधुरा आयोजनाहरुलाई पुरा गर्न सांसदहरुको जोड छ ।

बैठकमा भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्रालयले सडक निर्माणलाई तिव्रता दिएको बताउँदै आगामी आर्थिक वर्षसम्म अधिकांश सडक निर्माणको काम सम्पन्न भइसक्ने दावी गरे ।

उनले यसवर्ष ९० वटा पुल बनिसकेको र अर्को वर्ष झण्डै ३ सय पुल बन्ने  जानकारी दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...