सरकारको कार्यशैली र बजेटप्रति सन्तुष्ट हुने कुनै आधार छैन : रायमाझी

news

काठमाडौं, जेठ २९ । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकारको कार्यशैली र बजेटप्रति सन्तुष्ट हुने कुनैपनि आधार नरहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले बजेटमार्फत् समग्र राष्ट्र निर्माणको मार्गचित्र अपनाउनुपर्नेमा त्यस्तो महसुस नभएको बताए ।

बजेटले जनतालाई उत्साहित बनाउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अमेरिका र उत्तर कोरियाबीच मंगलबार भएको सम्झौता विश्व शान्तिका लागि सकारात्मक रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया