त्रिपोलीस्थित विमानस्थलमा भएको हवाई आक्रमणको निन्दा

news

काठमाडौं । संयुक्त राष्ट्र संघले लिबियाको राजधानी त्रिपोलीस्थित विमानस्थलमा भएको हवाई आक्रमणको निन्दा गरेको छ ।

त्रिपोलीमा सञ्चालनमा रहेको एक मात्र विमानस्थलमा हवाई आक्रमण भएपछि सेवा ठप्प भएको छ ।

यो विमानस्थलबाट हुने सबै उडान रद्द गरिएको छ भने यात्रुलाई विमानस्थलबाट निकालेर खाली गरिएको छ ।

हवाई आक्रमणमा कसैको ज्यान भने गएको छैन । राष्ट्र संघले आक्रमणमा जनरल खलिफा हफ्तारप्रति बफादार रहेको शक्ति संलग्न रहेको आरोप लगाएको छ ।

हफ्तारले राजधानी त्रिपोली नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । हफ्तारका प्रवक्ताले भने सर्वसाधारण सवार हुने विमानलाई निशाना नबनाइएको दाबी गरेका छन् ।

लिवियन नेसन आर्मी (एलएनए) का प्रमुख जनरल हफ्तारले संयुक्त राष्ट्रसंघको समर्थन पाएको लिबिया सरकारबाट त्रिपोली खोस्नका लागि गएको हप्ता सैन्य अभियान सुरु गरेका थिए ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...