निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा अस्पताल भर्ना

news

नयाँ दिल्ली, चैत २७ । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा अस्पतालमा भर्ना भएका छन् ।

छातीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एक अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको हो ।

लामाका निजी सचिव तेन्जिङ तकल्हाका अनुसार उनको स्वास्थ्य अवस्था मंगलबार खराब भएपछि उपचारका लागि दिल्लीस्थित अस्पतालमा ल्याइएको हो । केही दिन उनी चिकित्सककै निगरानीमा रहने जनाइएको छ ।

लामाको स्वास्थ्य अवस्थाका बारेमा थप खुलाइएको छैन ।

६ दशक अघिदेखि उनी भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । उनी भारतको धर्मशालास्थित आश्रममा बस्दै आएका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...