छत्रदेव गाउँपालिकामा घुम्ती शिविरबाट ४३ सयभन्दा बढी लाभान्वित

news

अर्घाखाँची । जिल्ला सदरमुकामबाट मात्र प्राप्त हुने सेवा आफ्नै गाउँबाट पाएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका बासिन्दा उत्साहित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र छत्रदेव गाउँपालिकाको संयोजनमा गाउँमै एकीकृत शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रदान गरिएको हो ।

शिविरसम्म आउन र जान गाउँपालिकाले बस र जीपको व्यवस्था गरेपछि झन्डै ४३ सय जनाले सेवा लिएका छन् ।

सार्वजनिक माध्यमिक विद्यालय छत्रगञ्जमा संचालित एकीकृत घुम्ती शिविरमा विनाझञ्झट, छोटो समयमा सबै सेवा पाउँदा स्थानीय हर्षित भएका हुन् ।

जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क स्वास्थ्य जाँच र आँखा अस्पातालबाट निःशुल्क जाँच, निःशुल्क औषधि वितरणजस्ता जिल्लास्तरका कार्यालयबाट प्रदान हुने सेवा शिविरबाट दिइएको गरिएको थियो ।

सिंहदरबारको अधिकार घरघरमा भन्ने संघीयताको नारालाई सफल बनाउन शिविर सञ्चालन गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...