ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु

news

काठमाडौं । ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।

दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन् ।

बाढीका कारण ब्राजिलको सडकमा आवागमन ठप्प भएको छ ।

पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् । ब्राजिलमा विगत २४ घण्टामा ३१ मिलिमिटर बर्षा भएको मौसमविद्हरुले बताएका छन् ।

अबरुद्ध सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने अधिकारीहरुले जनाएका छन् । बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...