शिवराज नगरपालिका खुला दिसामुक्त घोषित

news

कपिलवस्तु, चैत २७ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र ११ हजार ४५४ शौचालय बनेपछि नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

बुधबार चन्द्रौटामा एक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएको हो ।

तामझामका साथ सांस्कृतिक र्‍यालीसहित चन्द्रौटाबजारको परिक्रमासमेत  गरिएको थियो ।

नगरपालिकाका ११ ओटा वडामध्ये तीनओटा वडा पहिले नै खुला दिसामुक्त घोषणा भइसकेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...