सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता : रक्षामन्त्री

news

काठमाडौं, चैत २९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभाव हुँदा सुशासन कायम गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित टंगाल माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता बढ्दै गएको बताए ।

सरकारको एक वर्ष कानुन निर्माणमा व्यतित भएको भन्दै उनले अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहँदा सरकारको कामले गति लिन नसकेको स्वीकार गरे ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव हुँदा विकासका कामले गति लिन नसकेको भन्दै अब सरकारले गति लिनेसमेत बताए ।

अर्को एक प्रसंगमा रक्षामन्त्री पोखरेलले शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा छलफल भइरहको भन्दै चाँडै पार्टी एकता टुंगिने जानकारी दिए ।

कार्यक्रमा विद्यालयका दाताहरु, उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...