चलचित्र ‘कालो वर्ष’को ट्रेलर आयो

news

काठमाडौं । यही बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ ।

भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।

साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...