विप्लवका जिल्ला नेता पक्राउ

news

हरि शर्मा

परासी, वैशाख १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनी विप्लव समूहका जिल्ला सदस्य रहेको भट्टले जानकारी दिए ।

बस्याललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि सवारीसाधनमाथि आगजनी गरेको आरोपमा मुद्दा चलाइएको भट्टले जानकारी दिए । यसअघि पक्राउ परेका जिल्ला इन्चार्ज ‘सुमन’ उपनामका गंगा ज्ञवाली र जिल्ला सदस्य अल्गु चौधरीलाई पनि सवारीसाधनमाथि आगजनी गरेको आरोपमा मुद्दा चलाइएको छ ।

गत फागुन ३० गते विप्लवले आह्वान गरेको नेपाल बन्दका क्रममा बासाबसही चोकमा रोकी राखेका दुई ट्रकमा आगजनी गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...