एनआरएनएको निम्तोमा स्वीडेन पुगेका प्रिती र कृष्णले धुम मच्चाए

news

काठमाडौं । नयाँ बर्ष २०७६ को अवसर पारेर गैरआवासीय नेपाली संघ(एनआरएनए) स्वीडेनले शनिबार शुभकामना तथा साँस्कृतिक साँझ कार्यक्रम गरेको छ ।

स्वीडेनको राजधानी स्कटहोलम पुगेका चर्चित लोक दोहोरी गायिका तथा बेली डान्सर प्रिती आले चर्चित फिल्मी गायक कृष्ण काफ्लेले साथै स्थानीय कलाकारले उपस्थित नेपाली तथा विदेशी पाहुनालाई मनोरन्जन दिए ।

प्रमुख अथितिका रुपमा बोल्दै एनआरएनए आईसिसी उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिए ।

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य प्रवेश कुँवर, निबर्तमान अध्यक्ष चिरन्जिबी खरेल, संस्थापक अध्यक्ष नबिन थपलिया, पूर्व उपाध्यक्ष बिर्जेस मैनाली, नेपाल मण्डबका निर्देशक सुवास अधिकारी, हेल्प नेपालका अध्यक्ष बिकास ढकाल ,सल्लहाकार सदस्य दिप थापा, शिब भुसाल(आकाश)तथा जानुका आन्द्रेसनले कार्यक्रमको प्रसंशा गरे ।

कार्यक्रममा स्थानीय कलाकार शर्मिला पाइजा, रुजुला गुरुङ, परिक्षा भट्टराई, प्रेरणा गुरुङ्ले नृत्य प्रस्तुत गरेर दर्शकलाई भरपुर नचाए । प्रिति र कृष्णले आफ्ना चर्चित गीतहरु सुनाएका थिए ।

कार्यक्रममा एनआरएनए–स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुबीच भाइचाराको सम्बन्ध प्रगाढ हुनुका साथै नेपालीपन, नेपाली भाषा, संस्कृति, रितिरिवाज, चाडपर्बको प्रवद्र्धनमा सहयोग पुग्ने गरेको बताए ।

उक्त कार्यक्रमबाट संकलित रकम नेपालका गाउँहरुमा परोपकारी कामहरुमा खर्च गरिने जानकारी दिए ।

साथै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै शुभेच्छुक तथा व्यवस्थापन टिमलाई कृतज्ञता ब्यक्त गरे ।

कार्यक्रममा एनआरएनए–स्वीडेन महासचिब दिनेश श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए । प्राविधिकतर्फको संयोजनको जिम्मा भने प्रमोद अर्यालले सम्हालेका थिए ।

कार्यक्रम एनआरएन–स्वीडेनका सचिब राजकुमार पाठक र माया रोकाले संचालन गरेका थिए ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...