बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् ! विवेकशील साझाकोे खबरदारी

news

काठमाडौं, वैशाख २ । विवेकशील साझा पार्टीले हायात तथा बालुवाटार जग्गा अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ ।

बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सरकारलाई खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

ठूला माछा समाउ अभियान भन्ने नाराकासाथ भएको प्रदर्शनमा उनीहरुले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, ह्यात, बबहरमहललगायत देशभरका सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेलाई कानुनी दायरमा ल्याउन माग गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत प्रदर्शन गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताउनुभयो ।

प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान्, होशियार’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

भूमाफियालाई कारवाही नगरेसम्म अभियान जारी राख्ने जनाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...