यी हुन् विश्वकप क्रिकेट खेल्ने भारतीय खेलाडी

news

काठमाडौं, वैशाख २ । भारतले आइसीसी विश्वकप २०१९ खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

भारतीय क्रिकेट बोर्डले सोमबार कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ ।

मे ३० देखि इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा भारतीय टोली पनि सशक्त दावेदारकारुपमा रहेको छ ।

भारतीय टोलीमा कप्तान कोहलीसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव छन् ।

यस्तै, दिनेश कार्तिक, युज्भेन्द्र चहाल, कुलदीप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुमराह छन् भने हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद शामी पनि टोलीमा रहेका छन् ।

न्यूजिल्यान्ड र अस्ट्रेलियाले पनि आफ्नो टोलीको घोषणा गरिसकेको छ । विश्वकपमा १२ देशले भाग लिनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...