भैरहवामा राजपाको प्रदर्शन

news

भैरहवा, वैशाख २ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रुपन्देहीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै सोमबार भैरहवामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीसहित अरु आन्दोलनकारीलाई रिहा गर्नुपर्ने माग राखेका थिए ।

मधेसी जनतालाई नागरिकताबाट बन्चित गराइए र आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा उत्रने राजपाले चेतावनी दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...