नेपालको सातौं संघनायकमा भिक्षु डा. ज्ञानपूर्णिक

news

काठमाडौं, वैशाख २ । नेपालका वर्तमान संघउपनायक अग्गमहापण्डित धम्माचरिय भिक्षु डा. ज्ञानपूर्णिक महास्थविरलाई नेपालको सातौं संघनायक पदमा पदस्थापन गरिएको छ ।

गएको चैत २२ गते छैटौं संघनायक अश्वघोष महास्थविरको निधन भएपछि आइतबार अखिल नेपाल भिक्षु महासंघको पूर्ण बैठकले संघनायक पतिट्ठापनविधिसहित संघ–सम्मतिमा सातौं संघनायककारुपमा भिक्षु डा. ज्ञानपूर्णिकलाई सो पदमा पदस्थापन गरेको हो ।

महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको उपस्थितिमा महासंघको प्रधान कार्यालय विश्वशान्ति विहारको सीमागृहमा बसेको बैठकले भिक्षु बोधिसेन महास्थविरलाई संघउपनायकसमेत पदस्थापन गरिएको थियो ।

भिक्षु डा. ज्ञानपूर्णिक विश्व शान्ति विहार र थेरावाद बुदिष्ट एकेडेमीको संस्थापक प्रमुख हुन् । उनी विभिन्न देशका दर्जनौं मानपदवीहरुबाट सम्म्मनितसमेत छन् ।

भिक्षु डा. ज्ञानपूर्णिकले बौद्धधर्मसम्बन्धी १५० भन्दा बढी पुस्तकहरु अनुवाद र लेखेका छन् ।

भिक्षु बोधिसेन महासंघका पूर्वअध्यक्ष र बोधिचर्या विहार, बनेपाका प्रमुख हुन् ।

संघ सदस्य भिक्षुहरुको संघकार्यबीच कम्मवाचाकारक भिक्षु धर्मगुप्त महास्थविर तथा भिक्षु भद्दिय महास्थविरले कम्मवाचा वाचन गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...