वाट्फोर्डलाई पराजित गर्दै चौथो स्थानमा उक्लियो आर्सनल

news

काठमाडौं, वैशाख ३ । वाट्फोर्डलाई हराउँदै आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई १–० ले हरायो । आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले दशौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

जितपछि ३३ खेलबाट ६६ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको चेल्सीको समान ६६ अंक भएपनि गोल अन्तरको आधारमा ऊ पाँचौ स्थानमा छ ।

छैटौं स्थानको म्यान्चेस्टर युनाइटेडको ६४ अंक छ । ३४ खेलबाट ८५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८३ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्यामको ६७ अंक छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...