ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपालीका कार्यकर्ता पक्राउ

news

दीपक श्रेष्ठ

काठमाडौं, वैशाख ४ । बालुवाटारस्थित विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपाली दलका दुई दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै पार्टीका अध्यक्ष उज्ज्वल थापासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले बालुवाटारस्थित विवादित ललिता निवास क्याम्पको ११३ रोपनी जग्गामा राष्ट्रिय झण्डा गाड्ने प्रयास गरेका थिए ।

भूमाफियाले हडपेको खुला जग्गा जोगाउन नागरिक नै सक्रिय हुनु पर्ने सन्देशसहित यो अभियान काठमाडौंबाट सुरु गरि देशव्यापी बनाइने पार्टीका अध्यक्ष थापाले बताए ।

भूमाफियालाई सरकारले संरक्षण गरेको भन्दै दलका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...