ट्रेड यूनियन काँग्रेसले सबै स्थानीय तहमा ट्रेड यूनियन समिति गठन गर्ने

news

काठमाडौं । नेपाल ट्रेड यूनियन काँग्रेसले ७५३ वटै स्थानीय तहमा ट्रेड यूनियन समिति गठन गर्ने जनाएको छ ।

ट्रेड यूनियन काँग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुवँरले सो जानकारी दिएका हुन् ।

उनले केही स्थानीय तहमा समिति गठन भइसकेको र अब चाँडै सबै ठाउँमा समिति गठन गरिने बताए ।

यही बैशाख ६ र ७ गते ट्रेड यूनियन काँग्रेसको राष्ट्रिय समिति बैठक बसेर बाँकी संरचना, योजनालाई र रणनीतिलाई अन्तिम रुप दिने उनको भनाइ थियो ।

ट्रेड यूनियन काँग्रेस ३ नं प्रदेश समितिको बैठकले प्रदेश अन्तर्गतको जिल्लाहरुबाट प्रगति विवरण लिई स्थानीय तहमा ट्रेड यूनियन समिति गठन गर्ने निर्णय गरेको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...