दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

news

काठमाडौं, वैशाख ६ । दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो ।

अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

चर्च भत्कनेबित्तिकै प्रार्थना गरिरहेकाहरुबीच भागदौड मच्चिएको थियो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...