जलाइयो धर्मनिरपेक्षताको ब्यानर, प्रहरीको हस्तक्षेप, तेस्रो जनआन्दोलनको चेतावनी (भिडियो)

news

काठमाडौं, वैशाख ६ । धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

शुक्रबार काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

विरोधसभामा राप्रपा अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता लेखिएको पर्चा र कार्यकर्ताहरुले ब्यानर जलाएपछि प्रहरीले हस्तक्षेप गरी केही नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले हस्तक्षेप गर्नुअघि सभामा बोल्दै अध्यक्ष कमल थापाले आफूहरुका २२ बुँदे माग सम्बोधन नगरे तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्री निवास बालुवाटारसमेत सुरक्षित राख्न नसक्ने नेता तथा कर्मचारीहरुले देश नै बेच्न बाँकी नराख्ने दाबी गर्दै नेपालमा धार्मिक द्वन्द्वको खतरा रहेको औंल्याए ।

अध्यक्ष थापाले विगतमा बन्दुक बोकाउनेहरु अर्बपति भएको तर बन्दुक बोक्नेहरु अरब पुग्न बाध्य भएको उल्लेख गरे ।

विगतमा ‘मान्छे मार्नेहरु’ अहिले सत्तामा रहेको भन्दै उनले राजा र नेत्रविक्रम चन्दसमेत अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन आवश्यक भएको बताए ।

राप्रपा वरिष्ठ नेताहरु बुद्धिमान तामाङ, दीपक बोहोरालगायतले राजतन्त्रको पुनःस्थापना र धर्मनिरपेक्षताको खारेजीलगायत २२ बुँदे माग पूरा नभएसम्म संघर्ष जारी रहने बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...