कमलले जिते तीन स्वर्ण

news

नेपालगन्ज, वैशाख ७ । नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदको तेक्वान्दोतर्फ तीनओटा स्वर्णपदक जितेका छन् ।

शनिबार भैरहवास्थित कभर्डहलमा भएको पुम्सेको एकल, जोडी र टिम इभेन्ट्समा श्रेष्ठले स्वर्णपदक जितेका हुन् ।

तेक्वान्दो खेल्न सुरु गरेको चार वर्षमात्रै भएको श्रेष्ठले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिइरहेका छन् ।

तेक्वान्दोको पुम्से विधामा पुलिस क्लबले कुल ४ स्वर्ण र १ रजतपदक जित्न सफल भएको छ ।

पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुङ, जोडीमा कमल जोडी तथा टिम इभेन्ट्समा कमलसँगै जितबहादुर बोट र प्रेमबहादुर लिम्बू सम्मिलित टिमले स्वर्ण जितेको हो ।

पुम्सेको महिलातर्फको टिम इभेन्ट्समा प्रदेश नम्बर–१ ले स्वर्णपदक जितेको छ । तेक्वान्दोको पुम्से विधाका सबै खेलहरु सकिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...