राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा भवानीको पूजा, नवदुर्गा नाच अवलोकन

news

भक्तपुर, वैशाख ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरमा रहेको नवदुर्गा भवानीको पूजा गरेकी छन् ।

उनले नवदुर्गा नाच र मौलिक हस्तकला प्रदर्शनीको अवलोकन पनि गरिन् ।

भक्तपुरमा भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको प्रदर्शनीमा सहभागी हुनेक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणले प्रस्तुत् गरेको नवदुर्गा नाचअन्तर्गत् मंगलसिद्धि र गणेश नाचको अवलोकन गरेकी हुन् ।

त्यसक्रममा उनले देवगणलाई दक्षिणा दिनुका साथै नवदुर्गा नाच सन्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा जिल्ला समन्वय समिति र भक्तपुर उद्योग वाणिज्य संघले उपलब्ध गराएको २० लाख रुपैयाँ पनि हस्तान्तरण गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...