हाँडीगाउँको गहना खोज्ने जात्रा (तस्वीरमा)

news

काठमाडौं, बैशाख ७ । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । यो जात्रा लिच्छवीकालदेखि शुरु भएको विश्वास छ ।

यस जात्रामा वैष्णवी टुंडाल देवीको मूर्तिलाई खटमा राखेर गहना पोखरीमा भित्र डुबाएर परिक्रमा गराइन्छ ।

पूर्णिमाका दिनबाट टुंडालदेवीको जात्रा शुरु हुन्छ । त्यसदिन भाटभटेनीको मूर्तिलाई पनि टुंडालदेवी लगिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ ।

कथा अनुसार आमा टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् ।

त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको विश्वास छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...