टोटनह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लियो

news

काठमाडौं । टोटनह्यामलाई १–० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा युवा खेलाडी फिलिप फोडेनको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै सिटीले ३४ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ८५ अंक छ ।

त्यसैगरी गएराति भएका खेलमा फूलहाम, वार्टफोर्ड र न्यूक्यासल युनाइटेड पनि विजयी भएका छन् ।

फूलहामले बर्नमाउथलाई १–० गोलअन्तरले पराजित गर्दा वार्टफोर्डले हडर्सफिल्डमाथि २–१ तथा न्यूक्यासल युनाइटेडले साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्यो ।

गएराति नै भएका अन्य खेलमा वेस्टह्याम युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दा उल्भरह्याम्पटन र ब्राइटनले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राति तीन खेल हुँदै छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...