शिक्षण पेशा छाडेका घिमिरे दम्पत्तीलाई कुरिलो खेती नै प्यारो

news

पाल्पा  । केही वर्षअघिसम्म शिक्षण पेशामा रमाइरहेका पाल्पाका एक दम्पत्तीले पछिल्लो समय कुरिलो खेती गरेर आफ्नो परिचय बदलेका छन् ।

पाल्पाको वगनासकाली गाउँपालिकाको वराङ्दीका जीवराज घिमिरे र श्रीमती लुमकला घिमिरेले कुरिलो खेतीको व्यावसायिक खेती गरेर आफूहरुलाई व्यावसायिक किसानको रुपमा परिचित गराउन सफल भएका छन् ।

उनीहरुले जापानबाट बीउ झिकाएर कुरिलोको व्यावसायिक खेती सुरु गरेका हुन् ।

कम लगानीमा आम्दानी बढी हुने भएकाले यसको व्यवसायिक खेती सुरु गरेको उनीहरु बताउँछन् ।

जीवराजले गतवर्ष ३ लाख रुपैयाँको कुरिलोको टुसा बिक्री गरेको र यस वर्ष ५ लाख रुपैयाँ बराबरको बिक्री गर्ने अपेक्षा गरेको बताए ।

घिमिरेको जोडीसँगै पाल्पामा पछिल्लो समय कुरिलो खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।

रासायनिक मल र विषादीको प्रयोगविनै उत्पादन गर्न सकिने र बजारीकरणका गर्न खासै समस्या नहुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

कुरिलो स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...