श्रीलंकामा चर्च र होटलहरुलाई निशाना बनाएर विस्फोट

news

काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बो र आसपास शृङ्लाबद्ध बम विस्फोट भएका छन् ।

चर्च र होटलहरुलाई निशाना बनाएर विस्फोट गराइएको छ । विस्फोटहरुमा भएको मानवीय क्षतिको पूर्ण विवरण भने आएको छैन ।

विस्फोटमा घाइते भएका ८० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । आक्रमणको जिम्मा कसैले लिएको छैन ।

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरुमा आक्रमण भएको हो ।

दुई वटा बम चर्चहरुमा विस्फोट भएका थिए । कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्चमा पहिलो विस्फोट भएको बताइएको छ ।

लगत्तै फेरि सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो ।

तेस्रो बम विस्फोट भने राजधानी कोलम्बोको किङ्सबरी होटल र सांग्र्रिला होटलको बीचमा भएको बताइएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...