कांग्रेसमा नेतृत्व क्षमता भएको व्यक्तिको अभाव : सुजाता कोइराला

news

पोखरा, वैशाख ८ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीमा नेतृत्व गर्ने व्यक्तिको अभाव रहेको बताएकी छन् ।

प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पुरानो मानसिकताबाट माथि उठ्न नसक्दा कांग्रेस कमजोर भएको टिप्पणीसमेत गरिन् ।

नेतृ कोइरालाले पुरानो मानसिकता भएका नेताले युवा पुस्तालाई समेटेर अगाडि बढ्न नसक्ने दावी गरिन् । उनले पार्टी कमजोर हुनुमा व्यक्ति दोषी रहेको बताइन् ।

उनले सरकारसमेत सहमति, सहकार्यको बाटोबाट टाढिँदै गएको आरोप लगाइन् । सहकार्यकै अभावमा सरकारले विकास निर्माणका काममा प्रगति गर्न नसकेको उनको भनाइ थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...