श्रीलंकामा भएको विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

news

काठमाडौं, वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका समकक्षी रनिल बिक्रमासिंघेलाई फोन गरी बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता जनाउँदै विस्फोटलाई मानवता विरोधी घटनाको संज्ञा दिएका छन् ।

उनले श्रीलंकाले बेहोर्नुपरेको यो दुःखद घडीमा श्रीलंकाका जनताको साथमा नेपाली जनता रहेको पनि उल्लेख गरेका छन् ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रीलंकामा धेरै मानिसको मृत्यु हुनेगरी भएको घटनाबाट आफूलाई गहिरो धक्का लागेको बताएका छन् । ट्विटरमार्फत् उनले नेपाल जुनसुकै नाममा हुने आतंकवादलाई स्पष्ट रूपमा निन्दा गर्ने जनाएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...