कांग्रेसले थालनी गरेका आयोजनाको उद्घाटन गर्न र फोटो खिच्नमै सरकार व्यस्त : पौडेल

news

भैरहवा, वैशाख ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको सरकार पूर्ण रुपमा असफल भएको जिकिर गरेका छन् ।

भैरहवामा आयोजित कांग्रेसको क्षेत्रीय सम्मेलनमा वरिष्ठ नेता पौडेलले केपी ओली नेतृत्वको सरकार कांग्रेसले थालनी गरेका आयोजनाको उद्घाटन गर्न र फोटो खिच्नमा नै व्यस्त रहेको आरोप लगाए ।

उनले कम्युनिस्टहरुले देश र जनताको बारेमा नसोची पार्टीको बारेमा मात्रै सोचेको टिप्पणी गरे । सरकारसँग नयाँ योजना तथा कार्यक्रम नभएको आरोप लगाउदै नेता पौडेलले एक वर्षसम्म जनतालाई भ्रममा पार्ने शिवाय सरकारले केही गर्न नसकेको बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...