वैशाख १६ देखि संघीय संसदको बजेट अधिवेशन

news

काठमाडौं, वैशाख ८ । संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते आइतबार दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको बैठक आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति भण्डारी यही वैशाख ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने भएकाले प्रि–बजेट छलफलका लागि एक महिनाअघि अधिवेशन बोलाउन लागिएको हो । बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे छलफल गर्ने परम्परा छ । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...