नेकपाका सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुंगो लाग्यो

news

काठमाडौं, वैशाख ८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो । भोलि ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त नामावली सार्वजनिक गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गर्ने प्रवक्ता श्रेष्ठले बताए । पोलिटब्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ ।

बैठकले भोलि दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाउने निर्णयसमेत गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...